CORRECT LYRICS

Lyrics : Challenge

गुन्जिरहन्छ्न कानमा बाबाको अन्तिम बचन
उहाँको तन मन सबै राष्ट्रमा समर्पण
कति रुन्छ यो मन, के रुन्थ्यो गगन
एक सहिदको लासमा देशद्रोहीको कफन
मेरो विधुवा आमाको उजाड सिउदोको कसम
म गर्दिन्छु खतम यी सबैलाई एक साथ
जित्न सक्ने छैन संसारले भएर एक हात
बल्छु हरेक रात बुबाको बदलाको आगोमा
सैतानको बास देख्छु मानिसको हासोमा
कायरको बाहुल्य छ बिर हरुको माटोमा
नआइज मेरो बाटोमा म तेरो काल हो
त जो सुकै भए पनि मलाई बाल हो
दया माया सबै मात्र एक ख्याल हो
मतलबीको जन्जाल हो हाम्रो समाज यो
रगत पसिना गर्छु म खादिन हरामको
जलाइ दिन्छु सबै हांगा म यो सरकारको

यो सरकारलार्इ एउटा challenge हो
यहाको सबै system नियम कानुनलाई एउटा challenge हो
हर घुसखोरी नेतालाई एउटा challenge हो
It's a challenge
Yea, it's a challenge

म स्वयम काल आएपनि डराउदिन
दुखमा आतिन्न, म सुखमा रमाउदिन
जब सम्म कपुत जति खाल्टोमा खसाउदिन
म मेरो बाबाको अस्तु बगाउदिन
घुसियाले हात मागेमा लात दिन्छु
बरु म कालागोरा बिदेसीलाई साथ दिन्छु
धेर बोल्ने मुखहरुको दात भाच्दिन्छु
पुर्खाको सान कि मर्छु कि मार्दिन्छु
कि घाटी काट्दिन्छु, कि जिउदै गाडदिन्छु
सबै राष्ट्रिय सम्पत्ति चोरेर बरु बाडदिन्छु
नर्कमा जाक्दिन्छु एक-एकलाई
हास्दै रोक्दिन्छु बारुदको वेगलाई
कोइ चाईदैन म लड्नेछु एक्लै
चट्टानको छाती मेरो साहस छ बेग्लै
एक्लै म सबै जनाको बराबर छु
र म देव-देवी दैति बराबर हु

यो सरकारलाई एउटा challenge हो
यहाको सबै system नियम कानुनलाई एउटा challenge हो
हर घुसखोरी नेतालाई एउटा challenge हो
It's a challenge
Yea, it's a challenge