CORRECT LYRICS

Lyrics : Jani na Jani

कसरी सम्झौता गरु दुई भावनाहरु
बिच एक्लै मैले
कसरी भरु रित्तिएको मुटुमा
झुटो माया का वाचा यसै
कसरी सुनाउँ तिमीलाई मेरो
उदासीपनका धुनहरु सबै
कसरी सम्हालु भौतारिने धड्कन
जब छल्दैछ आफ्नै छायाले

तैनी जानी नजानी आज किन
मुस्कुराउन पुगेछु
तिमीलाई जिस्काउने बानि सम्झिँदै किन
गित कोर्न पुगेछु
तिमीलाई सम्झाउ कसरी मैले
जवाफ दिँदा दुख्छ नि
कतै कतै मेरो मुटु नजिक गुमाए खुसी
पाउन तिमी

अङ्गाल्यौ मलाई तिम्रो यादहरुले
मुटु निको हुँदै गर्दा फेरि
बिर्सिंदै थियो पुराना पलहरु सानो
झझल्को देखी सम्झियो फेरि
गुनगुनाउछ धड्कन तिम्रै नाम हरपल
आँशु मात्रै बगेता पनि किन गर्छ हलचल
उज्यालो, अँध्यारो हुँदै मन डरायो
मुठ्ठीमा कसेको डोरी फुस्किएर हरायो