CORRIGER LES PAROLES

Paroles : Sunna

नजर मिल्यो तिमि संग फेरी
कम्जोर बन्यो मुटु जोगाउदा नि
जोड्न थाल्यो च्याति फालेको
नमिठो यादले भरेको तस्बिर
खुसि लग्यौ तिमीले खोसेर
रोएको मन देख्न खोजेनौ
तैनी मन मेरो रमाई दियो
केवक मुस्कान तिम्रै देखेर

न्यानो पन महसुस गराउछ होला
अँगालोमा बेरेर तिमिलाई उसले
चुम्दै होला ओठ तिम्रो
जुन मेरो लागि थियो भन्थ्यौ कुनै समय
थाहा छ तैनी
चुहिन्छ माया मेरो बन्द मुट्ठी बाट तिम्रो बाटो बग्दै

भनिदेउ आफै एउटा उपाए
कसरी सुन्न पारु मुटु को दुखाई
बल्झिन्छ नि कहिले आफै
सहनु पर्छ पिडा किन माया पाउन लाई
याद मेटाउछौ भने मेरो
मुटु फिर्ता गरि मेटाई दिनु है
मेटाई दिनु है